बलात्कार गरेर मारिएकी युवतीको लाश लिन कोही आएनन्, प्रहरीले गर्‍यो अन्तिम संस्कार

डिसी नेपाल
२७ पुष २०७६ ११:५१

काठमाडौं। बलात्कार पीडितलाई नै समाजले दुर्व्यवहार गर्ने गरेका कारण समाजमा स्थापित हुन कठिन भएका कैयौं घटना हामीले देखेका छौं । बलात्कार पीडितलाई नै समाजले हेयका दृष्टिले हेर्ने गरेका कारण उनीहरु झनै पीडित हुनु परेको छ । यस्तै एक दर्दनाक घटना छिमेकी देश भारतमा भएको छ ।

दैनिक भास्करको समाचार अनुसार उत्तर प्रदेशको आगरामा शुक्रबार पुलिसले बलात्कार पीडित एक युवतीको हिन्दू रितिरिवाज अनुसार अन्तिम संस्कार गरेका छन् । उनको अन्तिम संस्कारपछि पुलिसले रितिरिवाज अनुसार भोज पनि आयोजना गर्यो । पुलिले उनको अन्तिम संस्कारको सबै विधि पूरा गरेको छ ।

एसपी रोहन बोतरेका अनुसार केही दिन पहिले ती बलात्कार पीडित युवतीको अस्पतालमा मृत्यु भएको थियो । उनको मृत्यु भएपछि केही दिन शव सुरक्षित राखियो तर उनको शव लिन कोही पनि आएनन् । शव लिन कोही नआएपछि पुलिसले नै उनको अन्तिम संस्कारको सबै विधि पूरा गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *