इरानी सैनिक कमाण्डरले भने – ‘मलाई लाग्यो म मर्न पाए पनि हुन्थ्यो’

डिसी नेपाल
२७ पुष २०७६ १२:५६

काठमाडौं। इरानले युक्रेन इन्टरनेशनल एयरलाइन्सको बोइङ विमान दुर्घटना भएपछि यसको जिम्मेवारी लिएको छ । इरानको रिभोल्युशनरी गार्डका कमाण्डर जनरल आमिर अली हजीजादेहले जिम्मेवारी लिँदै खबर सुनेपछि आफूलाई मर्न पाए पनि हुन्थ्यो भन्ने लागेको बताएका छन् । इरानको स्टेट टिभीलाई दिएको एक बयानमा जनरल आमिरले भने ‘१७६ जना मारिएका छन् । यस्तो लाग्यो म आफैं मर्नुपर्छ ।’

दुर्घटनापछि इरानको सर्वोच्च नेता अयातुल्लाह खमेनइले जाँचको आदेश दिएका छन् । इरानका राष्ट्रपति हसन रुहानीले दुर्घटनामा इरानको गल्ती स्वीकार गर्दै शनिबार ट्वीटमा लेखेका छन् ‘सुरक्षा बलको आन्तरिक जाँचबाट थाहा भएको छ कि मानवीय भूलका कारण मिसाइल फायर गरियो जसबाट युक्रेनको विमान दुर्घटना भयो र १७६ निर्दोषको मृत्यु भयो । जाँचकर्ता यस विषयमा थप कारवाही गरिरहेका छन् ।’

राष्ट्रपति रुहानीले अगाडि भनेका छन् ‘अक्षम्य गल्तीका लागि जिम्मेवारहरुमाथि मुद्दा चलाइनेछ । इरान यो भयंकर गल्तीका विषयमा खेल प्रकट गर्दछ । इरान शोक मनाइरहेका परिवारको लागि प्रार्थना गर्दछ ।’ युक्रेनका राष्ट्रपति भोलोडाइमिर जेलेस्कीले पनि इरानसँग जिम्मेवारहरुलाई सजाय दिन माग गरेका छन् । उनले दुर्घटनामा मारिएकालाई क्षतिपूर्ति दिइनुपर्ने र इरानले आधिकारिक रुपमा माफी माग्नुपर्ने पनि बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *