फेरि बढ्यो सुनको मुल्य

डिसी नेपाल
२७ पुष २०७६ १५:१५

काठमाडौं । निकै उतार चढावकाबीच कारोवार हुँदै आएको सुनको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो ।

महासंघले आईतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ९ सयले घटेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला र ७४ हजार ६ सय र तेजाबी सुन प्रतितोला ७४ हजार ३ सयमा खरिदबिक्री भएको थियो ।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । महासङ्घले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ९० तोकेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *