खुल्ला ठाउँमा गरिएका आलोचनाले समाज सुधारमा सहयोग गर्छ : प्रहरी नायव महानिरीक्षक पोखरेल
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बन्द कोठामा गएिका आलोचना भन्दा खुल्ला ठाउँमा गरिएका आलोचनाले समाज सुधारमा महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त बौद्ध र सामुदायिक सेवा केन्द्र बौद्ध द्वारा आयोजित समुदाय–प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकका घर दैला सम्म पुगेको बताए । नागरिकका असन्तुष्टीहरूले सुधार गर्न सहज हुने र सन्तुष्टिले थप कार्य गर्न उत्प्रेरणा जगाउने महानिरीक्षक पोखरेलले बताए ।
महानिरीक्षक पोखरेलले कयौं घटनाहरू आफन्तबाटनै भएको स्मरण गराउदै महिला हिंसा, बलात्कारका वा आत्महत्याका घटना रोकथाम गर्न Regular Policing बाट मात्र संभव नभएको र यस्तो घटना रोकथाम, नियन्त्रण गर्न सवैको भुमिका महत्वपुर्ण हुने बताए ।
प्रहरीको आचरण व्यवहार नम्र, शिष्ट र कानून कार्यान्वयनमा निर्दयीता अपनाउन कर्मचारीहरूलाई निर्देशन दिएको बताउदै उनले कुनै ठाउँमा प्रहरीको कमी कमजोरी वा कानून उल्लंघन गरेको देखेमा आफुलाई सिधै खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । उनले त्यस्ता प्रहरी कर्मचारीहरूलाई तत्कालै आफुले कारवाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रम प्रतिनिधि सभाका माननीय सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा बौद्धमा आईतबार सम्पन्न भएको छ ।
Facebook Comment