चर्चित र्यापर म्याक मिलर आफ्नै घरमा मृत फेला
एजेन्सी । चर्चित र्यापर म्याक मिलरको निधन भएको छ । उनी क्यालिफोर्नियाको लस एञ्जलसमा रहेको आफ्नै घरमा मृत भेटिएका हुन् । उनले सन् २०११ मा पहिलो एलबम बजारमा ल्याएका थिए । २६ वर्षीय म्याकको मृत्यु अत्याधिक लागुपर्दाथ सेवनका कारण भएको अमेरिकी पुलीसले जानकारी दिएको छ ।
उनले पहिले पनि आफूले अत्याधिक मात्रामा लागुपदार्थ सेवन गर्ने गरेको स्वीकारेका थिए । हालसालै उनको एउटा एलबम ‘स्विमिङ’ रिलिज भएको थियो, जसका लागि उनी सांगीतिक भ्रमणमा पनि थिए ।
प्रतिक्रिया
Facebook Comment