तनावका बीच सकारात्मक सन्देशः अमेरिकाको अन्तरिक्ष मिशनमा इरानी मूलकी युवती जाने
काठमाडौं। अमेरिकाले इरानी कुद्स फोर्सका जनरल कासिम सुलेमानीलाई मारेपछि यी दुई देशबीच तनाव उत्कर्षमा छ । यी दुई देशबीच तनाव बढिरहेका बेला एउटा सकारातमक सन्देश आएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष मिशनमा इरानी मूलकी अन्तरिक्ष यात्री जाने भएकी छिन् । इरानी मूलकी उस्ट्रोनट जस्मिन मोघेबोली अन्तरिक्ष मिशनको लागि तयार छिन् । उनी पहिलो इरानी–अमेरिकी अन्तरिक्ष यात्रीको रुपमा चन्द्रमा या मंगल ग्रहको लागि मिशनमा जानेछिन् ।
डेलिमेलको रिपोर्ट अनुसार जस्मिनले गनशिप पाइलटको रुपमा अफगानिस्तानमा १५० भन्दा धेरै मिशन पूरा गरिसकेकी छिन् । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एरोनोटिकल इन्जिनियरिङमा ग्रयाजुएट ३६ वर्षीया जस्मिनको जन्म जर्मनीमा भएको थियो । १९७९ मा इस्लामिक क्रान्तिको बेला उनको परिवार इरान गएको थियो । जस्मिन भने न्यूयोर्कको बाल्डविनमा हुर्किएकी हुन् । १५ वर्षको उमेरमा उनी एक स्पेस क्याम्पमा सहभागी भउकी थिइन् त्यहीँबाट उनको अन्तरिक्षयात्री हुने सपना बलियो भएको हो ।
२००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी आक्रमण भएपछि अमेरिकामा मध्यपूर्वका मानिसहरुप्रतिको सोच बदलिएको थियो । यही समयमा आक्रमणको ४ वर्षपछि २००५ मा जस्मिनले सेनामा प्रवेश पाएकी थियन् । उनका मातापिता भने उनी मध्यपूर्वी मूलकी भएकोले उनी सेनामा जाँदा केही भइहाल्ने हो कि भनेर डराएका थिए । अमेरिकी सेनामा गएपछि जस्मिनले भने धेरै सफलता पाइन् । हालै उनले आफ्ना साथी स्यामसँग बिहे गरेकी छिन् । नासाले १८ हजार आवेदकमध्येबाट जस्मिनसमेत ११ जनालाई छनोट गरेको हो ।
Facebook Comment