तिब्बतमा के गर्दै छन सभामुख महरा ?

डिसी नेपाल
२३ भदौ २०७५ १२:४८

ल्हासा । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले शनिबार बिहान तिब्बतस्थित नेपाली महावाणिज्य दुतावासको अवलोकन भ्रमण गरेका छन्।

दुतावासमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डललाई ल्हासास्थित नेपाली महावाणिज्य राजदुत गोविन्द कार्कीले स्वागत गरेका थिए। सो अवसरमा सभामुख महराले नेपाल र तिब्बतबीच व्यापार बढाउन महावाणिज्य दूतावासको महत्वपूर्ण भूमिका रहने भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न आग्रह गरे।

उनले नेपालसँग सिमा जोडिएको चीन (तिब्बत)बाट व्यापारिक रुपमा धेरै फाइदा लिन सकिने बताए। भेटमा महावाणिज्य दुत गोविन्द कार्कीले महावाणिज्य दुतावासको अवस्था, नेपाल तिब्बत व्यापारको गति र सम्भावनाका बारेमा जानकारी गराएका थिए।

सभामुख महराले भोलि नै ल्हासास्थित नेपाली महावाणिज्य दुतावास भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

One thought on “तिब्बतमा के गर्दै छन सभामुख महरा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *