भ्रमण डटकमको डबल अफर, एउटा टिकट किन्दा अर्को सित्तैमा
काठमाडौं। भ्रमण डटकमले भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ। नेपालको आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले उक्त अवसर ल्याएको भ्रमण डटकमले जनाएको छ। सन् २०२० को आगमनसँगै उसले एउटा टिकटको शुल्कमा दुई जनालाई माउन्टेन फ्लाइटको अवसर ल्याएको हो।
‘बाई वान गेट टु टिकट’ योजनाले आम नेपालीलाई पर्यटनप्रति आकर्षित गर्ने भ्रमण डटकमको विश्वास छ। ‘नेपाली नागरिकमा पर्यटन सम्बन्धी चेतना जगाउन पनि यो अफर ल्याएका हौँ’ भ्रमण डटकमका सञ्चालक सुरज बस्नेतले भने, ‘नेपालमा एक्लै भ्रमण गर्ने परिपाटी छैन।एउटा टिकटको मूल्यमा दुइटा पाएपछि आफ्ना परिवारजनलाई भ्रमण गराउन चाहनेलाई सजिलो हुन्छ।’
यसले पर्यटनमा सहभागिता बढ्ने बस्नेतको कथन छ । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाइरहँदा निजी क्षेत्रबाट त्यसलाई सहयोग हुनुपर्ने बस्नेतले बताए, ‘वर्षभरि काममा व्यस्त रहने नेपालीहरूले भ्रमणको योजना बनाउँदा सहुलियत पाऊन् भन्ने हाम्रो चाहना हो।’ नेपाली पर्यटकहरूका लागि यो योजना अति आवश्यक रहेको उनको भनाइ छ।
नयाँ वर्ष तथा भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण डटकमले उक्त योजना अघि सारेको हो। भ्रमणले ११ हजार ९ सय ९५ रुपियाँमा दुई जना नेपाली नागरिकलाई टिकट प्रदान गर्ने भएको हो। सामान्यतया यस टिकटको मूल्य १ जना बराबर १० हजार रुपियाँभन्दा बढी रहेको छ।
सीमित सिटका लागि यो अफर ल्याएको बताउँदै यात्रुहरूले यथाशक्य चाँडो सम्पर्क गर्न भ्रमण डटकमले आह्वान गरेको छ। यो सुविधा भ्रमण डटकमको ठमेल कार्यालयबाट प्राप्त गर्न सकिने आयोजकले बताएको छ।
भ्रमण डटकमले जनाए अनुसार प्रोमोसनल अफरमा यात्रुका लागि एउटा सिट झ्यालको र अर्को झ्याल छेवैको सिट उपलब्ध गराइने छ । तर यो अफर प्राप्त गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा नागरिकताको फोटो कपि अथवा नेपाली नागरिक भएको परिचय झलकिने परिचय पत्र हुनु आवश्यक छ ।
टिकट तथा अन्य जानकारीका लागि भ्रमण डटकमको मोबाइल नं. ९८१३७१७९३० मा सम्पर्क गर्नुहोस्।
Facebook Comment