नशामा घर जान लागेकी महिला ट्याक्सीमै निदाइन्, ब्यूँझिँदा ड्राइभरले गरिरहेका थिए बलात्कार
काठमाडौं। एक महिलाले ट्यक्सी ड्राइभरमाथि बलात्कारको आरोप लगाएकी छिन् । उनले आफू पार्टीबाट घर फर्किने क्रममा ट्याक्सीमा चढेको र त्यही ट्याक्सीका ड्राइभरले बलात्कार गरेको बताएकी हुन् । महिलाका अनुसार उनी पार्टीमा मदिरा पिएर ट्याक्सीमा घर फर्किन लागेकी थिइन् । घर जाने क्रममा उनी बाटोमा निदाइन् । जब उनी ब्यूँझिइन् तयतिबेला ड्राइभरले उनलाई बलात्कार गरिरहेका थिए ।
घटना अमेरिकाको क्यालिफोर्नियाको फोंटाना शहरको हो । स्थानीय पुलिसले महिलाले ड्राइभरमाथि बलात्कारको आरोप लगाएको पुष्टि गरेको लस एन्जल्स टाइम्सले लेखेको छ । पुलिसका अनुसार साथीहरुसँग पार्टी गरेपछि उनी रातमा ट्याक्सीमा घर फर्किंदै थिइन् । ड्राइभरले पनि महिलासँग यौन सम्बन्धको कुरा स्वीकार गरेको पुलिसले जनाएको छ । तर, ड्राइभरले भने सहमतिमै यौन सम्बन्ध राखेको दावी गरेका छन् । आइतबार महिलाले उजुरी गरेकी हुन् ।
पुलिसका अनुसार पार्टी शनिबार राती भएको थियो त्यसपछि फर्किने क्रममा घटना भएको हो । पुलिसका अनुसार शंकास्पद ड्राइभर अलेन्सो क्याले हुन् । उनले स्वयं पुलिससँग सम्पर्क गरेकाथिए । पुलिससँग सम्पर्क गरेपछि अलेन्सोले सहमतिमै शारीरिक सम्बनध राखिएको बताएका थिए । उनले महिलाले बलात्कार भएको भन्न सक्ने डर भएको समेत बताएका थिए ।
Facebook Comment