सभामुखको उम्मेदवार तय गरेर घोषणा नभएसम्म राजीनामा दिँन्न : तुम्बाहाम्फे

डिसी नेपाल
२९ पुष २०७६ ०:४३

काठमाडौं। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरुन्जेल सम्म राजिनामा नदिने बताएकी छन्।

सोमबार आफ्नै कार्यकक्षमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अहिले आफूले राजिनामा दिनु संविधानको व्यवस्थाअनुसार गलत हुने बताइन्।

संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व विहीन हुने कल्पना नगरेकोले पनि आफूले राजिनामा दिन नहुने बताइन् । राजनीतिक दलहरुले ति छिटो सभामुख पदका लागि उम्मेदवार तयार गर्छन् त्यति नै बेला आफूले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने पनि बताइन्। अहिले आफू कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनैपनि दलको निर्देशन आफुमाथि लागू नहुने बताइन्।

अहिले संसदमा देखिएको गतिरोध आफ्नो कारणले नभई दलहरुले निर्णय गर्न नसक्दाको परिणाम भएको उनले बताइन् । संवैधानिक पदमा बसेको व्यक्तिले गैर–जिम्मेवार भएर प्रतिनिधि सभालाई नेतृत्व विहीन बनाउने पक्षमा आफू नरहेको पनि बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *