न्यायसम्बन्धी कानून संशोधनको माग गर्दै प्रदर्शन
काठमाडौं । द्वन्द्वपीडितले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन पारदर्शी हुनुपर्ने माग गर्दै सोमबार प्रदर्शन गरेका छन् । सरकार अपारदर्शी ढङ्गले परामर्श गर्न लागेको भन्दै द्वन्द्वपीडित साझा चौतारीको नेतृत्वमा द्वन्द्वपीडितहरुले आज माइतीघर मण्डलामा एक घण्टा प्रदर्शन गरेका हुन ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून संशोधनका लागि राय सल्लाह लिन आज देशभर एकसाथ द्वन्द्वपीडितसँग परामर्श गरेको छ । सोही अवसरमा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरील छलफल देखावटी, अपारदर्शी र नियन्त्रित रहेको भन्दै आपत्ति जनाए। सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगमा दलीय भागबण्डामा पदाधिकारी नियुक्त गर्न लागिएको उनको आरोप छ ।
एकमुस्ट भन्दा पनि सबै जिल्ला, सबै द्वन्द्वग्रस्त क्षेत्र, घटनाको प्रकृतिअनुसार गम्भीररूपमा अलग–अलग परामर्श तथा कानून संशोधन गर्नु द्वन्द्वपीडितको माग छ । कानून मन्त्रालयले परामर्शका लागि द्वन्द्वपीडित साझा चौतारीका प्रतिनिधिलाई समेत बोलाएको थियो
Facebook Comment