यी अर्बपतिकी गर्लफ्रेण्ड बन्न विज्ञापन खुल्यो, केटीहरुका लागि राखेका छन् यस्ता शर्त

डिसी नेपाल
२९ पुष २०७६ १३:३०

काठमाडौं। एक अर्बपतिलाई गर्लफ्रेण्ड चाहिएको छ । यसअघि एक अभिनेत्री उनकी गर्लफ्रेण्ड थिइन् तर यी दुई हालै छुट्टिएका छन् । यी अर्बपतिले गर्लफ्रेण्डको लागि विज्ञापन नै खुलाएका छन् । यही जनवरी १७ सम्म आवेदन दिने समय छ । यी अर्बपतिले आफूलाई कुनै युवतीले प्रेम गरुन् भन्ने चाहेको बताएका छन् । उनी ती गर्लफ्रेण्डलाई चन्द्रमामा लिएर जानेछन् । उनको गर्लफ्रेण्ड बन्न चाहने युवतीलाई पनि चन्द्रमामा जान रुची हुनुपर्नेछ ।

द गार्डियनको समचार अनुसार जापानका अर्बपति युसाका मेजवाले स्पेसएक्स रकेटबाट चन्द्रमामा जाने योजना बनाएका छन् । ४४ वर्षका युसाकाले २० वर्षभन्दा बढी उमेरकी सिंगल युवतीलाई गर्लफ्रेण्डको रुपमा खोजिरहेका छन् । युसाकाले गर्लफ्रेण्डको रुपमा उनलाई केही समयको लागि नभइ जवनसाथी नै चाहिएको बताएका छन् । उनले बाहिरी अन्तरिक्षबाट आफ्नो प्रेम र विश्व शान्तिको लागि अपिल गर्ने योजना बनाएका छन् ।

अमेरिकी अरबपति एलन मस्कको स्पेसएक्स रकेटको माध्यमबाट चन्द्रमामा जान लागेका युसाका पहिलो निजी चन्द्रमा यात्री हुनेछन् । २०२२ मा उनी चन्द्रमामा जाने कार्यक्रम छ । हालै युसाका आफ्नी २७ वर्षकी अभिनेत्री गर्लफ्रेण्ड अयमे गोरिकीसँग छुट्टिएका हुन् । युसाकाकी गर्लफ्रेण्ड बन्न आवेदन दिने युवतीमा अन्तरिक्षसम्बन्धी रुचि हुनुपर्नेछ र चन्द्मामा जाने तयारीमा पनि सहभागी हुनुपर्नेछ । आएका आवेदनमध्येबाट युसाकाले मार्चको अन्तिमसम्म गर्लफ्रेण्ड छान्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *