बालुवाटारको ‘ओली’ भेलाको चौतर्फी विरोध ! सरकारी निवास की पार्टी प्यालेस ?

डिसी नेपाल
२३ भदौ २०७५ १३:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गरे। प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए।

सरकार भ्रष्टाचार न्यूनीकरणमा प्रतिबद्ध भएको भन्दै प्रधानमन्त्री ओलीले अब पुरानो युगको अन्त्य भएको बताए । कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो।

पार्टी तथा व्यक्तिगत कामका लागि प्रधानमन्त्रीले सरकारी भवनको बालुवाटार दुरुपयोग गरेको भन्दै आलोचना भइरहेका बेला ओली वंशको भेला नै बालुवाटारमा सम्पन्न भएको हो । भेलामा हुने खर्च आयोजकले व्यहोर्ने भएकाले राज्य कोषमा कुनै व्ययभार नपर्ने ओली वंश अक्षय कोषको दाबी छ । सामाजिक सञ्जालमा खासगरि यो भेलाको चर्को विरोध भएको छ । बालुवाटार सरकारी निवास कि पार्टी प्यालेस भन्दै सामाजिक सञ्चाल प्रयोगकर्ताले विरोध गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *