साफ च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको निर्णायक खेल, बिमलको गोलसँगै नेपालको अग्रता
काठमाण्डौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । जारी खेलमा नेपालले अग्रता लिएको छ । नेपालका लागि बिमल घर्ती मगरले पहिलो गोल प्रहार गरेका छन् । उनले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो । नेपालको यो अग्रता कायमै राखेको खण्डमा सेमिफाईनलमा पुग्न सक्नेछ ।
नेपालले सेमि फाईनलमा पुग्नको लागि आजको खेल जित्नै पर्नेछ । बंगलादेशलाई पराजित गरेमात्र नेपाल सेमिफाईनलमा पुग्नेछ । उता पाकिस्तान र भुटानबीच भएको खेलमा भुटान पराजित भएपछि नेपाललाई जित्नै पर्ने दबाब भएको हो ।
पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको हो । आजको खेलमा नेपाली खेलाडी निकै उत्साहका साथ मैदान उत्रिएका छन् । आजको खेललाई नेपाली दर्शकले पनि निकै उत्साहका साथ हेरेका छन् ।
Facebook Comment