जमिनभित्रबाट निस्किन थाले साढे २ क्विन्टलका बम, शहरमा भागाभाग, १४ हजार विस्थापित
काठमाडौं। दोस्रो विश्वयुद्ध भएको लगभग ७५ वर्ष भइसकेको छ तर यति लामो समयपछि पनि जर्मनीको डर्टमण्ड शहरमा जमिनभित्र २ वटा विशाल बम भेटिएपछि पूरै शहरमा भागाभाग भएको छ । नागरिकले जमिनभित्र बम भेटिएको खबर पाएपछि शहर छाडेर भाग्न थाले । डेलिमेलको समाचार अनुसार यहाँ दोस्रो विश्वयुद्धको समयमा प्रयोगमा नआएका २ विशाल बम भेटिएका छन् ।
एउटै बमको तौल करिब २५० किलो भएको बताइएको छ । बमको सूचना पाउनासाथ त्यहाँ पुगेका सुरक्षा एजेन्सीले बमलाई निकालेर निष्कृय गरेका छन् । डर्टमण्ड बहरका मानिसहरुले जमिनभित्र बम गाडिएको खबर पाएपछि उनीहरु ज्यान जोगाउन शहर छाडेर भाग्न लागेका थिए । सडकमा मानिसहरुको ठूलो भीड जम्मा भयो । स्थानीय मिडियाका अनुसार विश्वयुद्धको ७५ वर्ष बितिसक्दा पनि जर्मनीमा त्यो समयका बम बरामद भइरहेका छन् जो प्रयोग गरिएका थिएनन् ।
एकातिर मानिसहरुमा बम विष्फोट हुन सक्ने डर छ भने अर्कोतिर बम हेर्न ठूलो संख्यामा मानिसहरु पनि जम्मा हुने गर्छन् जसलाई सुरक्षा निकायले हटाउनुपर्छ ताकि उनीहरुलाई कुनै नोक्सानी नहोस् । जर्मनीमा दोस्रो विश्वयुद्धपछि अहिलेसम्मको सबैभन्दा ठूलो विष्फोट २०१७ मा भएको थियो जसमा ६५ हजार नागरिक प्रभावित भएका थिए । अहिले बम भेटिएको ठाउँबाट ५ सय मिटरको परिधिमा बस्ने मानिसहरुलाई सुरक्षाका दृष्टिले घर छाड्न आदेश दिइएको छ ।
Facebook Comment