जोतिषका नजरमा मक्कर संक्रान्तिको महत्व

डिसी नेपाल
२९ पुष २०७६ २२:२७

काठमाडौं । धर्म भनेकै विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । विज्ञानले प्रकृतिमा भएका कुराहरुलाई मात्रै खोज तथा अनुसन्धान गर्ने गर्दछ भने धर्मले प्रकृति र खगोलको संयुक्तरूपमा खोज तथा अनुसन्धान गहिरो तरिकाले गर्ने गरेको छ । पृथ्वीअण्डाकार छ भनेर सबैभन्दा पहिले खगोल शास्त्रले जानकारी गराई सकेको थियो ।

सूर्यबाट हाम्रो दुरि कतिटढा रहेको छ भन्ने कुरा हाम्रो धर्म शास्त्रका धेरै पुस्तक हरुमा ऋषि महर्षी हरुले उल्लेख गरिसकेका थिए जुन आधुनिक विज्ञानले पत्ता लगाउनु भन्दा पहिलेनै महर्षीहरुले पत्ता लगाई सकेका थिए । धर्मले कोटी (करोड बर्ष) बर्षको हिसाब राख्ने गर्दछ । ग्रह,राशि तथा नक्षत्रको ज्ञान सयौं बर्ष पहिले नै भएकाले प्राचीन ग्रन्थ वेदमा प्रकृति सम्बन्धि धेरै कुराहरु मन्त्रका माध्यमबाट उल्लेख भैसकेको छ ।

सम्पूर्ण हाम्रो जीवन तथा धर्ती केवल ग्रह राशि तथा नक्षत्रको आधारमा चलिरहेको छ । यदि पिन्ड हरुमा सानो भन्दा सानो हलचल हुने बित्तिकै हाम्रो मन तथा वातावरणमा गहिरो प्रभाव पार्ने गर्दछ । बर्षहरुमा पर्ने अलग अलग संक्रान्तिको पनि फरकफरक महत्त्व हुने गर्दछ । अरु संक्रान्ति भन्दा मक्कर संक्रान्तिको चर्चा धेरै हुने गरेको छ । ६ महिना सूर्य दक्षिणायनमा बसेपछि माघबाट उत्तरायण हुने गर्दछ ।

पक्ष, राशि, ऋतु र अयन परिवर्तन हुनु तथा सूर्य एउटा राशिबाट अर्को राशिमा प्रबेश गर्ने समयलाई संक्रान्ति भनेर भनिन्छ । बर्षमा १२ ओटा संक्रान्ति पर्ने गर्दछ । त्येस मध्ये चार ओटा संक्रान्तिलाई बढीभन्दा बढी महत्त्व दिईएको छ । मेष भन्नाले बैसाख तेस्तै कर्कट भन्नाले श्रावण अर्को तुला यानि कार्तिक र मक्कर भन्नाले माघे संक्रान्ति गरि चार ओटालाई विशेष महत्त्वका साथ हेरिने गरेको छ । अरु संक्रान्ति हरुपनि पबित्र नै छन तर विषेश चार ओटालाई लिईएको छ ।

सूर्य उत्तरायण भएपछि विभिन्न धार्मिक यज्ञ, अनुष्ठान हरु सुचारु हुने हुदा पबित्र नदिमा गएर स्नान गरेको साधना गर्नका लागि शुभ हुने भएकाले पनि नदि तलाउ या गंगामा गएर नुहाउने परम्परा रहिआएको छ । दक्षिण दिशामा पितृहरुको निवास रहन्छ भने उत्तर दिशामा भगवानहरुको निवास हुने गरेकाले पनि उत्तरायण या मक्कर संक्रान्तिको विशेष महत्त्व रहेको छ ।

धार्मिक मान्यता तथा परम्परा लाई हेर्दा मक्कर राशिको मालिक शनि ग्रह हुन भने मंगल ग्रह मक्कर राशिमा उच्चो हुने भएकाले शनिलाई आफू अनुकुल बनाउन तिल चढाउने तथा मंगल ग्रहले शुभ फल दिनका लागि सख्खर तथा सख्खर बाट बनाईएका परिकार चढाउने तथा खाने परम्परा तान्त्रिक बिधिमा रहेकाले विशेष काठमाडौं बासिहरुमा चकु तथा तिलखाने परम्परा रहेको छ ।

नेपामा बहुजाती तथा बहुभाषिक मानिसहरुको बसोबास भएको हुनाले आफ्नो परम्परा अनुसार माघे संक्रान्ति पर्व मनाउने परम्परा रहिआएको छ। जात जाती रहन सहन भेष भूषाका आधारमा मौलिक परम्परा मनउनु पर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

लेखक दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन । सम्पर्क ९८५१०६११२४




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *