सुन तोलामा ७०० ले बढ्यो

डिसी नेपाल
१ माघ २०७६ १३:४५

काठमाडाैं। निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु ७०० ले वृद्धि भएको छ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४०० तोकेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ७४ हजार र तेजाबी सुन प्रतितोला रु ७३ हजार ७०० मा खरिदबिक्री भएको थियो। गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

सो दिन छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ।

आज चाँदीको मूल्य प्रतितोला रु ८८५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ। पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *