कालीकोटमा प्रहरी चौकीलाई जग्गादान

डिसी नेपाल
१ माघ २०७६ १७:००

सुर्खेत । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–४ का दुर्गाप्रसाद न्यौपानेले प्रहरी चौकीको भवन निर्माणका लागि ३ सय २५ वर्गमिटर जग्गा दान गरेका छन्।

इलाका प्रहरी चौकी पचालझरनाको भवन निर्माणका लागि २ लाख ५० हजार मूल्य बराबरको जग्गा उनले निःशुल्क दान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियालाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्दै उनले गाउँमा प्रहरी चौकी हुँदा सुरक्षाको प्रत्याभूति हुने भएकाले आफ्नो इच्छाले जग्गादान गरेको बताए । “गाउँको सुरक्षाका लागि जग्गा दान गरेको हुँ”, उनले भने, “प्रहरी चौकी नहुँदा पहिला गाउँमा समस्या रहेको थियो ।”

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार सो गाउँपालिकामा इलाका प्रहरी चौकी स्थापना भएको प्रहरी नायब उपरीक्षक ओलियाले बताए । “प्रहरी चौकीको आफ्नै नामको जग्गा थिएन”, उनले भने, “जग्गा पाएका छौँ, चाँडै भवन निर्माण प्रक्रिया अगाडि बढ्छ ।”

जिल्लाका सान्नीत्रिवेणी गाउँपालिकाको मेहेलमुडी र तिलागुफा नगरपालिका–६ गाल्जेमा प्रहरी चौकीका लागि जग्गाको अभाव भएका कारणले भाडाको घरमा बस्दै आएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *