नक्कली उपभोक्ता समूह बनाएर २५ लाख खल्तीमा
काठमाडौं । नक्कली उपभोक्ता समूह बनाएर २५ लाख सरकारी रकमको दुरुपयोग गर्ने विरुद्ध अख्तियार अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । २५ लाखको बिगो दावी गर्दै आयोगले पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइत, पूर्व सांसद विश्वनाथ प्रसाद यादव लगायत ६ जना विरुद्ध विशेस अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सप्तरी जिल्लाको कृष्णसवरण गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने सडक ग्राविल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको भन्ने उजुरी उपर अनुसन्धान गरी आयोगले भ्रष्टाचारमा संलग्न रहेको ठहर गर्दै ६ जना विरुद्ध मुद्दा दायर गरेको हो।
तत्कालिन कार्यलय प्रमुख गोइत, नायव शुब्बा भागवत यादव, तत्कालिन राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल, विरेन्द्र कुमार मण्डल कृष्णकुमार यादव र पूर्व सांसद विपी यादवलाई भ्रष्टाचार गरेको ठहर गरी मुद्दा दायर गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
Facebook Comment