‘दिल्लीदौड’मा रहेका प्रचण्ड उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त

डिसी नेपाल
२३ भदौ २०७५ १६:००

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच आज भेटवार्ता भएको छ।

सो अवसरमा सिंह भारतको प्रधानमन्त्री भएका बेला नेपालसँग भएका समझदारी, छलफल र नेपालमा शान्ति प्रक्रियालाई अगाडि बढाउन उनको नेतृत्वको सरकारबाट भएको सहयोगप्रति अध्यक्ष दाहालले धन्यवाद ज्ञापन गरेका थिए।

नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माण भई सकेपछि विकास निर्माणतर्फ ध्यान केन्द्रित गरेकाप्रति नेता सिंहले खुसी व्यक्त गरेका थिए। भारतीय काँग्रेस पार्टी सरकारमा नभए पनि नेपालको विकास निर्माणमा आफूहरूको पूर्ण सहयोग रहने उनले विश्वास दिलाएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *