पूर्व मिस इण्डिया नताशा सूरीका फर्जी अश्लील तस्वीर सामाजिक संजालमा भाइरल

डिसी नेपाल
२ माघ २०७६ १२:१३

मुम्बइ। सुपरमोडल तथा पूर्व मिस इण्डिया नताशा सूरीले फ्लिन रेमेडियोज नामका व्यक्तिविरुद्ध एफआइआर दर्ता गराएकी छिन् । नताशाले फ्लिनमाथि सामाजिक संजालमा आपत्तिजनक सामग्री शेयर गरेर आफ्लाई ट्याग गरेको आरोप लगाएकी छिन् । नताशाले २००६ मा फेमिना मिस इण्डियाको उपाधि जितेकी थिइन् ।

नताशाले आफ्ना वकिल माधव जोराटको साथमा मुम्बइको दादर पुलिस स्टेशन पुगेर केस दर्ता गराएकी हुन् । उनक अनुसार पुलिसलाई पनि ती व्यक्ति खतरनाक भएको र उनको नाम विवादमा तानेको लागेको बताएकी छिन् । नताशाका अनुसार फ्लिनले आफ्नो पोर्टलमा उनको नाम कुनै एडल्ट पोस्टमा ट्याग गरेका छन् । नताशाका अनुसार उनले यो पोस्ट अन्य वेबसाइटलाई पनि पठाएका छन् ।

समाचार एजेन्सी आइएनएससँग कुरा गर्दै नताशाले बताएअनुसार यसको सुरुवात नोभेम्बर २०१९ मा भएको थियो । कसैले फर्जी आर्टिकल र बाथरुममा अनुहार धमिलो पारेर युवतीको फोटो पोट गर्न सुरु गरे । उनले ती फोटोमा नताशा सूरी सिंहको नाम दिए । फ्लिनले नताशाको नामबाट फर्जी आर्टिकल र फोटो शेयर गर्न सुरु गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *