समस्याग्रस्त वित्तीय संस्थाले करिब २ अर्व फिर्ता गर्न बाँकी
काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा वित्तीय संस्थाले अझै करिव दुई अर्व रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। समस्याग्रस्त संस्थाहरुले ऋण असुली गर्न नसक्दा सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसेकका हुन्।
हाल एक विकास बैंक र ५ वटा फाइनान्स कम्पनी गरी ६ वटा वित्तीयी संस्था समस्याग्रस्त सूचिमा छन् । यी संस्थाहरुले एक अर्व ८२ करोड २८ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ।
समस्याग्रस्तमध्ये सबैभन्दा बढी क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ८३ करोड रुपैयाँ फिर्ता गर्न बाँकी छ । यसैगरी सबैभन्दा कम नेपाल फाइनान्सको ७ करोड ९१ लाख बाँकी रहेको छ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका संस्थाहरुले थप निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाउँदैनन्। संस्थाहरुले पुरानो ऋण उठाउदै निक्षेप फिर्ता गर्नुपर्छ। समस्याग्रस्त संस्थाहरुले ४ अर्व ८३ करोड रुपैयाँ ऋण असुल गर्न बाँकी रहेको छ। यी संस्थाहरुले उठाउन बाँकी रहेको ऋण खराव रहेको छ।
घरजग्गामा अत्याधिक लगानी गरेका यी संस्थाहरु घरजग्गा व्यवसायमा आएको मन्दीसँगै समस्याग्रस्त भएका थिए। राष्ट्र बैंकले छुट्टै विभाग बनाएर समस्याग्रस्त संस्थालाई नियमन तथा सहजिकरण गर्दै आएको छ। केन्द्रीय बैंकले १६ वटा संस्थालाई समस्याग्रस्त घोषणा गरेकोमा घट्दै गइरहेको छ।
तल्कालीन गोरखा डेभलपमेन्ट बैंक गोरखा फाइनान्ससँग मर्ज भइसकेको छ। त्यसैगरी जनरल फाइनान्स, अरुण फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सलगायतका कम्पनी यसअघि नै समस्याग्रस्त संस्थाबाट फुकुवा भएको राष्ट्र बैंकले जनाएको छ।
यी वित्तीय संस्थाहरूलाई नयाँ लगानीकर्ताहरूले किनेका छन्। यी वित्तीय संस्था गैरआवासीय संघ तथा हाथवेलगायतका लगानीकर्ताले खरिद गरी सञ्चालन गरेका छन्।
कसले कति फिर्ता गर्न बाँकी?
Facebook Comment