देव: विकास बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा देवः विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । कुमारी बैंकसँग एक्विजिसन प्रक्रिया अघि बढेसँगै बैंकको सेयर कारोबार रोक्का भएको हो ।
कुमारी र देवः बिच बुधबार एक्विजिसन सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार कुमारीको १०० रुपैयाँ बराबर देवःको ६८ रुपैयाँ सेयर मूल्य कायम हुनेछ ।
कुमारीले यसअघि काष्ठमण्डप, महाकाली, काक्रेविहार बैंकका साथै पश्चिमाञ्चल फाइनान्सलाई आफुमा गाभेको थियो । बाणिज्य बैंकसँग मर्जर प्रक्रिया चर्चामा रहेका बेला कुमारीले ख वर्गको विकास बैंकलाई गाभ्न लागेको हो ।
हाल कुमारीको ९ अर्व ५५ करोड र देवःको ३ अर्व १७ करोड पुँजी रहेको छ । दुबै संस्था एक भएपछि बैंकको पुँजी १२ अर्व ५५ करोड पुग्नेछ ।
प्रतिक्रिया
Facebook Comment