माइनस ७ डिग्रीको चिसोमा मनाइयो भूकम्प दिवस

डिसी नेपाल
२ माघ २०७६ १४:३७

मुगु। प्रतिकुल मौसमबीच मुगुमा २२ औं राष्ट्रिय भूकम्प दिवस मनाइएको छ। पटक–पटक हिमपात भएर चिसो बढिरहेको छ। बिहीबार मौसममा बदली भइ जिल्ला सदरमुकाम गमगढीको तापक्रम माइनस ७ डिग्रीमा झरेको थियो।

चिसो मौसमलाई वास्ता नगरी जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी, स्थानीय तहका प्रमुखहरु र्यालीमा सहभागी भएका थिए।

र्यालीमा सहभागीहरुले भूकम्प के हो, यसबाट कसरी जोगिने, घर तथा भौतिक संरचना कसरी बनाउनेलगायतका विषयमा जनचेतना मुलक सन्देश भएका प्लेकार्ड बोकेका थिए।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले भूकम्पले मानवीय क्षति नगर्ने, भूकम्प आउँदा मानिसले नै बनाएका संरचना भत्किएर मानवीय तथा भौतिक क्षति नहुने गरी बलियो भौतिक संरचना बनाउन जोड दिए।

जिल्लामा रहेका स्थानीय सरकारको प्रतिनिधित्व गदै कार्यक्रमका प्रमुख अतिथी छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारी प्रयोग गर्दै सबै स्थानीय सरकारहरुले पूराना संरचना बाहेक नयाँ बन्ने संरचनाहरु गाँउ, नगरमा नक्सा पास गराएर मात्र बनाउने बाध्यकारी नियम लागू गर्दै लैजाने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *