डेपुटी गभर्नर श्रेष्ठको पुनर्बहाली
काठमाडौं। अनियमिथता गरेको आरोपमा निलम्बनमा परेका राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको पुनर्बहाली भएको छ। गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो।
बिहीबार मन्त्रिपरिषद् बैठककका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले श्रेष्ठहलाई पुनर्बहाली गर्ने निर्ण भएको जानकारी दिए। । अनियमितता गरेको आरोपमा छानविन हुँदा उनी गएको कात्तिक १८ गतेदेखि निलम्बनमा थिए।
छानविन समितिले श्रेष्ठमाथि लागेको आरोप निराधार रहेकाले पदमुक्त नै गर्नुपर्ने अवस्था नरहेको प्रतिवेदन अर्थमन्त्रालयमा दिएको थियो। सोही प्रतिवेदनका आधारमा मन्त्रिपरिषदले उनलाई पुनर्बहाली गरेको हो।
श्रेष्ठमाथि छानबिन भएको र केही पनि नपाइएको भन्दै उनले सफाइ पाएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।
श्रेष्ठले राष्ट्र बैंकको नियमन विभाग हेर्दै आएका श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, अनियमित काम गरी आर्थिक लाभ लिएको लगायतका आरोप लागेका थिए ।
अर्थ मन्त्रालयको पत्राचारपछि श्रेष्ठमाथि छानविन गर्न भन्दै राष्ट्र बैंकले सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसमा राष्ट्र बैंककै सञ्चालकहरु सुवोधकुमार कर्ण र रामजी रेग्मी रहेका थिए ।
Facebook Comment