राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले पाए सफाई
काठमाडौं। सरकारले नेपाल राष्ट्र बैंकका सहायक गभर्नर शिवराज श्रेष्ठलाई सफाई दिएको छ। बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउदै सरकारका प्रबक्ता गोकुल बास्कोटाले श्रेष्ठले सफाइ पाएको जानकारी दिए।
श्रेष्ठले पदीय आचरण विपरिच काम गरेको भन्दै राष्ट्र बैंकले छानविनका लागि श्रीराम पौडेलको संयोजकत्वमा दुई संचालक श्रीराम रेग्मी र सुवोधकुमार कर्ण सदस्य रहेको समिति गठन गरेको थियो। समितिको प्रतिवेदनका आधारमा श्रेष्ठलाई सफाई दिएको हो।
श्रेष्ठमाथि बैंकहरुको खराब कर्जा लुकाउन सहयोग गरेको, अजय सुमार्गीको विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको, एनसेललाई लाभांस फिर्ता लैजान सहयोग गरेकोलगायतका आरोप लागेको थियो ।
श्रेष्ठमाथि छानविन गर्न सरकारले कार्तिक १५ गते राष्ट्र बैंकलाई पत्र पठाएको थियो। त्यसलगत्तै कात्तिक १८ गते बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समिति गठन गरेको थियो।
छानविन सुरु भएपछि श्रेष्ठ स्वतः निलम्बनमा परेका थिए । सफाई पाएपछि अब उनी पुनः पूर्ववत जिम्मेवारीमा फर्केनेछन् । श्रेष्ठ भावी गर्भनरका एक दावेदार समेत हुन् ।
Facebook Comment