नेपाल इन्फ्रास्ट्रचर बैंकले ८ अर्वको साधारण सेयर जारी गर्दै

डिसी नेपाल
३ माघ २०७६ ९:०१

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आठ अर्व बराबरको आठ करोड कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ।

एक सय रुपैयाँ अंकित उक्त सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतामा बैंकका नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरे।

इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो। बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ।

बैंकको अधिकृत पुँजी ४० अर्व, जारी पुँजी २० अर्व र चुक्ता पुँजी १२ अर्व रुपैयाँ रहेको छ। बैंकले सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पुँजी २० अर्व रुपैयाँ पुग्नेछ।

दीर्घकालीन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिइ बैंक स्थापना भएको हो। बैंकसँग जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी योजना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *