कागज हराएको रिसमा आमा, श्रीमती र तीन जना छोरीको हत्या गरेर ४ तलाबाट हाम्फाले

डिसी नेपाल
३ माघ २०७६ १०:२४

काठमाडौं। आफ्नो पसलको कागजात हराएको रिसमा आफ्नी आमा, श्रीमती र तीन छोरीहरुको हत्या गरेर आफूले पनि चौथो तलाबाट हाम्फाल्ने युवकलाई पुलिसले पक्राउ गरेको छ । उनले ४ तला माथिबाट हाम्फालेर आत्महत्या गर्ने कोसिस गरे पनि उनी बचेका छन् । गम्भीर घाइते उनलाई पुलिसले नियन्त्रणमा लिएर अस्पताल पठाएको छ ।

आज तकको समाचार अनुसार घटना बिहारको मुंगेर जिल्लाको हो । पुलिसले अन्य शवलाई पोस्टमार्टमको लागि पठाएर आरोपीसँग सोधपुछ सुरु गरेको छ । सुरुवाती अनुसन्धानमा घटनाको कारण युवकको डिप्रेसनको समस्या भएको पाइएको छ । जानकारी अनुसार आरोपी भारत केशरीको गौशाला मार्केटमा सोनाटा घडीको पल छ । पसलको सम्झौताको कागजात हराएको थियो । यही कारण उनी डिप्रेसनमा थिए । जानकारी अनुसार भारतले ८५ वर्षकी आमा सावित्री देवी, ४५ वर्षकी पत्नी आशा तथा छोरीहरु शिवानी, सिमरन र सोनमको घाँटी थिचेर हत्या गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *