सुनचाँदीको भाउ बढ्ने क्रम जारी
काठमाडौं। शुक्रबार सुनचाँदीको भाउ सामान्य वृद्धि भएको छ। बिहीबारको तुलनामा छापावाल सुनको भाउ एक सय रुपैयाँ महंगो भई प्रतितोला ७४ हजार ८ सय रुपैयाँ पुगेको छ।
यसैगरी तेजावी सुन पनि एक सय रुपैयाँ महंगो भई प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी ५ रुपैयाँ महंगो भई प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार बजारमा सुचाँदीको भाउ स्थिर थियो। बजारमा बुधबार र बिहीबार छापावाल सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँ, तेजावी सुन ७४ हजार ४०० र चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च भएपछि नेपाली बजारमा पनि केहि समययता सुनको भाउ उच्च वृद्धि भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment