अनु मलिकविरुद्धको यौनशोषणको केस बन्द
मुम्बइ। २०१८ मा सुरु भएको मीटू अभियान अन्तर्गत बलिउडका कैयौं ठूला सेलिब्रेटीमाथि यौन शोषणको आरोप लागेको थियो । यीमध्ये उक चर्चित संगीतकार अनु मलिक पनि थिए ।
अनुमाथि सोना मोहापात्रा, श्वेता पण्डित, नेहा भसिन, केरालिसा मोन्टेरियो र डेनिका डिसूजाले यौन शोषणको आरोप लगाएका थिए । यी आरोपको जाँच गर्दै राष्ट्रिय महिला आयोगले अनुविरुद्ध पर्याप्त प्रमाण नभेटिएको र उजुरीकर्ता अगाडि नआएका कारण केस बन्द गरिदिएको छ ।
प्रतिक्रिया
Facebook Comment