एमसीसी अनुमोदन गर्न काँग्रेसको माग

डिसी नेपाल
३ माघ २०७६ १६:२९

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको करोड डलर अनुदान सहयोग सम्बन्धि सम्झौता संसदबाट अनुमोदन गराउन माग गरेको छ। शुक्रबार नेपाली काँग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको  काँग्रेस  संसदीय दलको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो।

पार्टी सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको कार्यकालमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग गरेको हो। पार्टी सभापति देउवा र अन्य केन्द्रीय सदस्यहरुको नाम जोडेर गलत समाचार प्रकाशनमा आएको प्रतिध्यानाकर्षण भएको जनाउँदै काँग्रेस संसदीय दलको बैठकले जारी संसदको अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको छ।

यस्तै काँग्रेसले सभामुख चयन प्रक्रिया छिटो शुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ।

कँंग्रेसले संविधानअनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ। संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिंगको आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिएको छ।

राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले काँग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताए।

सभामुख उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार काँग्रेसले पनि दुई मध्ये एकमा रुची राख्नु स्वभाविक भएकाले उनले बताए। पाण्डेका अनुसार नेकपासँग यो विषयमा छलफल जारी रहेको र छलफल पछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय बैठकले गरेको छ।

काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ। संसदीय दलका नेता पाण्डेले राष्ट्रियसभामा उम्मेदवार नउठाएका दलहरुले कांग्रेसलाई मतदान गरी सहयोग गर्न बैठकले आग्रह गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *