शुक्लाफाँटा खुल्ला चिडियाखानाका रुपमा विकास गरिने : मन्त्री बस्नेत

डिसी नेपाल
४ माघ २०७६ २०:४७

भीमदत्तनगर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खुल्ला चिडियाखानाका रुपमा विकास गर्ने लक्ष्य राखेको जानकारी दिए ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा आयोजित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारको शनिबार उद्घाटन गर्दै उनले शुक्लाफाँटा जैविक विविधताले भरीपूर्ण हुनुका साथै दुर्लभ वन्यजन्तु र पशुपक्षीको बासस्थान भएको बताए।

“हामीले शुक्लाफाँटामा पर्यटकको सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भनेर खुल्ला चिडियाखानाको रुपमा विकास गर्ने लक्ष्य राखेका छौँ ।” उनले भने, “यसको नयाँ ढङ्गले व्यवस्थापन पनि अघि बढाएका छौँ ।”

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मुलुकको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय गरी तीनवटै सरकार लागि परेको बताइन् ।

आफ्नो निर्वाचन क्षेत्रको खानेपानी, शिक्षा, सडक पूर्वाधार, स्वास्थ्यलगायत विकासमा आफू लागि परेको भन्दै उनले कञ्चनपुरको दक्षिण क्षेत्रलाई ओझेलमा पर्न नदिने स्पष्ट पारिन् । “शुक्लाफाँटा पर्यटनको आकर्षणको केन्द्रविन्दु परेको छ । मन्त्री मगरले भनिन्,“जङ्गली जनावरबाट समस्या भएकाले केही कठिनाइ छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *