काँग्रेस नेता कार्कीकाे अगुवामा विद्यार्थीलाई झोला वितरण
सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउपालिकाका बिपि सस्कृत माध्यमिक, जलेश्वरी आधारभुत बिधालय र राम लक्ष्मण आधारभुत बिधालय, गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुलाइ १७६ थान झोला बितरण गरिएको छ।
लाइन्स क्लब अफ काठमाडौ क्यापिटलको सहकार्य र नेपाली काँग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीको अगुवाइमा उक्त झोलाहरु बितरण गरिएको हो।
कार्यक्रममा विद्यार्थिहरुलाई झोला बितरण गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबम पूर्व मन्त्री बलबहादुर केसीले सोलुखुम्बुका बिधालयहरुलाई लाइन्स क्लबले पुर्याइरहेको सहयोग महत्वपुर्ण रहेको बताए। केसीले समग्र शिक्षाको बिकाशका लागि बर्तमान सरकार र स्थानिय तहहरुले जिम्मेवारिका साथ काम गर्न नसकेको समेत बताए।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एबम समाजसेवी, ब्यबसायी प्रकाश सिंह कार्कीले विद्यार्थीहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए।
लाइन्स क्लब अफ काठमाडौं क्यापिटलका पूर्व अध्यक्ष समेत रहेका कार्किले सरकारी सामुदायिक विद्यालयहरुको शिक्षाको अवस्था सुधार गर्न जरुरी रहेकोमा जोड दिँदै आम जनताका छोराछोरीहरु पढ्ने विद्यालयहरुको शिक्षाको अवस्थालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सके मात्रै सबैलाई आर्थीक , सामाजिक मुलधारमा ल्याउन सकिने धारणा राखे।
नेता कार्कीले आगामी दिनमा समेत सोलुखुम्बु जिल्लाको शिक्षिक क्षेत्रमा सहयोग पुर्याइराख्ने समेत प्रतिबद्दता व्यक्त गरे।
गत वर्ष आयोजना गरिएको निबन्ध प्रतियोगितामा सहभागी भएर प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थिहरुलाई क्लबको तर्फबाट क्रमश नगद ५०००, ३००० र २००० पुरस्कार समेत प्रदान गरिएको थियो।
कार्यक्रममा लाइन्स क्लब अफ काठमाडौं क्यापिटलका पूर्व अध्यक्ष हरिशङ्कर निरौला, स्थानीय शिक्षक अभिभावक र विद्यार्थिहरुको उपस्थिति रहेको थियो।
झोला पाएपछि विद्यार्थीहरु खुशी देखिएका थिए भने लाइन्स क्लब अफ काठमाडौं क्यापिटलले पटक पटक विद्यालयहरुमै पुगेर पुर्याएको बिभिन्न किसिमको सहयोगले जिल्लाको शिक्षाको बिकाशमा टेवा पुर्याइरहेको उक्त अबसरमा उपस्थित शिक्षक तथा अभिभाबकहरुले बताएका थिए।
लाइन्स क्लब अफ काठमाडौं क्यापिटलले यसअघि नै सोलुखुम्बुलगायत अन्य जिल्लाहरुका सरकारी सामुदायिक विद्यालय र विद्यार्थिहरुलाई पुर्याउदै आएको सहयोगको निरन्तरता स्वरुप विद्यार्थिहरुलाई झोला बितरण गरिएको हो।
क्लबले अघिल्लो वर्ष विद्यालयहरुको शिक्षण प्रणालीलाई अहिलेको प्रबिधिसँग जोड्न बिभिन्न विद्यालयहरुलाई ल्यापटप बितरण गरेको थियो भने क्लबले जेहेन्दार विद्यार्थिहरुको पढाइलाई सहयोग पुर्याउन विद्यालययहरुसँगको सहकार्यमा छात्रवृति अक्षय कोष समेत स्थापना गरीरहेको छ।
Facebook Comment