सभामुखबारे नेकपा अझै अनिर्णित

डिसी नेपाल
५ माघ २०७६ ८:४२

काठमाडौं। सत्तारुढ दल नेकपाले सभामुखको उम्मे्वार टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा बैठक एक महिनादेखि प्रभावित हुँदै आएको छ। गत पुस ४ गते सुरु भएको प्रतिनिधिसभा बैठक नेकपाले सभामुखको उम्मेद्वार टुंगो लगाउन नसक्दा सूचना टाँस गरेर स्थगित हुँदै आएको छ।

प्रतिनिधिसभा बैठक भोलि सोमबार बस्दैछ। संभवत आजै नेकपाले सभामुखको उम्मेद्वारका विषयमा निर्णय गर्नेछ। नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादीले सभामुख दाबी गर्दा सभामुख चयन पेचिलो बन्दै गएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखका आ–आफ्नै अडानको कारण संसद् बैठक यसअघि तीनपटक स्थगित भइसकेको छ।

सभामुख चयन प्रक्रिया अगाडि बढाउन यसअघि नेकपाबाट उपसभामुख बन्नुभएका डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन थियो। उपसभामुखले पार्टीले सभामुखको उम्मेद्वार चयन नगरेसम्म राजीनामा नदिने अडान राख्दै आएकी छन्।

प्रधानमन्त्रीले नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ र प्रचण्डले अग्नी सापकोटा, हरिबोल गजुरेल पम्फा भुसालको नाम अगाडि सार्दै आएको बताइन्छ।

शुक्रबार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको छलफलमा शनिबारसम्म नर्या सभामुखको नाम टुंगो लगाउने सहमति भएको थियो। तर शनिबार प्रधानमन्त्री ओली र प्रचण्डबीच सभामुख चयनका बारेमा छलफल हुन सकेन।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले सभामुख चयनको बारेमा शनिबार दुई अध्यक्षको बीचमा छलफल नभएको बताउनुभयो। उहार्ले भन्नुभयो– ‘छलफल सकारात्मक ढंगले अगाडि बढेको छ, आइतबार निर्णय हुन सक्छ।’

नेकपाले आइतबार पनि सभामुखको टुंगो लगाउन नसकेको अवस्थामा संसद् बैठक पुनः स्थगित हुने सम्भावना रहेको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा पुर्पुक्षका लागि जेल चलान भएपछि विगत तीन महिनादेखि सभामुख पद रिक्त हुर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *