एमसीसीबारे के भन्छन् सेनाका पूर्व अधिकारीहरु ?

डिसी नेपाल
५ माघ २०७६ १०:५४

काठमाडौं। अमेरिकाको महत्वाकांक्षी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन सैन्य परियोजना भएको र यसमार्फत अमेरिकी सेना नेपाल छिरेर चीनलाई प्रभावित पार्ने टिप्पणी सत्तारुढ दलकै शीर्ष नेताहरुबाट भइरहेका बेला पूर्व प्रधानसनापछि गौरव समशेर राणाले भने चीनलाई हेरेर एमसीसीबारे निर्णय गर्न नहुने बताएका छन् । उनले सामाजिक संजाल लिंक्ड इनमा लेखेका छन् –‘नेपाल र नेपालीले फाइदा पाउँछन् भने यसमा चीन कसरी र कहाँ समावेश छ भन्ने नहेर्नुहोस् ।’

एमसीसी कार्यान्वयन गर्ने विषयमा भएका अवरोधहरु हटाउन अमेरिकी दूतावासले पहल थालेको विषयमा लेखिएको समाचार शेयर गर्दै पूर्व उपरथी बिनोज बस्न्यातले लिंक्ड इनमा आफ्नो धारणा राखेका थिए ।

यसको जवाफमा पूर्व प्रधानसेनापति राणाले लेखेका छन् – ‘अमेरिकी दूतावासको अत्यन्तै व्यवहारिक प्रतिक्रिया । विकासोन्मुख रास्ट्रले विकास र समृद्धिको लागि गरेको प्रयासमा सहयोग गर्नुलाई रणनैतिक चस्माबाट हेरिनु हुँदैन ।’

नेपाल र नेपालीले फाइदा पाउँछन् भने यसमा चीन कसरी र कहाँ समावेश छ भन्ने नहेर्नुहोस्  : पूर्व सेनापति राणा

उनले अगाडि लेखेका छन् ‘नेपाल र नेपालीले फाइदा पाउँछन् भने यसमा चीन कसरी र कहाँ समावेश छ भन्ने नहेर्नुहोस् । इसतो गरिएका नेपालमा चीनले कुनै पहल गर्दा पनि भारतको पक्ष हेरिनुपर्ने हुन्छ ।

रणनीतिक विश्लेषण तर्कसंगत र तार्किक सोचमा आधारित हुनुपर्दछ, काल्पनिक नबन्नुहोस् । नेपालले मुख्यतः हाम्रो अर्थव्यवस्थाको विषयमा केन्द्रित भएर फाइला लिने सक्नेछ ।’

यस विषयमा पूर्व उपरथी बिनोज बस्न्यातले पनि एमसीसी नेपालको गरिबी घटाउन र आर्थिक वृद्धिका लागि सहयोग गर्ने अमेरिकी दृष्टिकोणलाई सम्बोधन गर्ने राजनैतिक अवधारणा भएको बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालले हासिल गर्ने रणनीतिक फाइदाहरू बुझ्नु आवश्यक भएको बताउँदै अन्तर्राष्ट्रिय कूटनीतिमा पर्ने प्रभावलाई प्रासंगिकताको साथ मूल्यांकन गर्नुपर्ने बताएका छन् । उनले भू–राजनीतिले छिमेकीहरुसँग मात्र व्यापार वा सम्झौता नगर्ने बताउँदै अब बदलिँदो पवरिवेशमा यसलाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिएका छन् ।




प्रतिक्रिया

One thought on “एमसीसीबारे के भन्छन् सेनाका पूर्व अधिकारीहरु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *