यतिले दिएको भन्दा ५० करोड बढी भाडामा गोकर्ण रिसाेर्ट आफूलाई दिन कांग्रेस सांसदको माग

डिसी नेपाल
५ माघ २०७६ १४:५६

काठमाडौं। नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसाेर्टको जग्गा लिज वापत यति हाल्डिङ्स प्रालिले दिए भन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा आफूलाई दिन सरकारसमक्ष प्रस्ताव गरेका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैयाँ बढी दिने भन्दै आफूलाई भाडामा दिन सरकारलाई चुनौती दिएका हुन्। उनले सरकारका मन्त्री, सभाध्यक्ष र माननीयहरुलाई साझी राखेर आफूले सरकारलाई ५० करोड बढी दिने प्रस्ताव राखेका हुन्।

‘सरकारका मन्त्री ज्युहरु उपस्थित हुनुहुन्छ । अध्यक्षज्यू र माननीयलाई साँझी राखेर म भन्न चाहन्छु । त्यो रिपोर्स जुन हैसियत र बाटोमा दियो , जसरी दियो सरकारलाई मेरो प्रस्ताव छ, जति पैसामा दिएको छ त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु। सरकार मलाइ दिन तयार छ?,’ उनले भने, ‘छैन । किन दिदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ।’

उनले समय नसकिँदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिपोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी उनले गरे।
उनले प्रधानमन्त्री केही गिरोहको घेराभित्र मात्रै रमाउने गरेको र उनीहरुकै रिपोटिङका आधारमा मुलुकको विश्लेषण गर्ने गरिएको भन्दै गम्भीर आपत्ति जनाए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट गर्नुपर्ने कामहरु पनि बालुवाटारबाट गर्ने गर्नुभएको भन्दै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ‘प्रधानमन्त्रीका बाल्यकालमा लगाएका बस्त्रहरु राख्ने हो?’ भनी प्रश्न गरे।

‘प्रधानमन्त्री बालुवाटारमा बस्नुहुन्छ। प्रधानमन्त्रीको निवास हो बालुवाटार। प्रधानमन्त्रीको कार्यालय होइन। प्रधानमन्त्री बालुवाटारबाट सिंहदरबार आउन छोडिसक्नुभएको छ,’ उनले भने, ‘सिंहदरबारको आवश्यता परेन भने सिंहदरबारमा ताला लगाउने हो कि ? प्रधानमन्त्री सुत्ने ठाउँमा मिटिङ गर्ने, भेटघाट गर्ने? अब प्रधानमन्त्रीले बाल्यकालमा लगाएका बस्त्रहरु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा राख्ने हो?’

उनले संविधानले गरेको व्यवस्था विपरित आएका विधेयकहरुलाई राष्ट्रियसभाले अस्वीकार गर्नुपर्ने धारणा राखे। उनले भने, ‘लोकतान्त्रिक प्रक्रियाबाट बनेको संसदको अंग हो राष्ट्रियसभा, लोकतान्त्रिक अधिकार हनन् गर्ने विधेयकलाई समर्थन गर्दै जाने कि हुन्न भन्ने साहस गरेर राष्ट्रियसभा कसैको रबर स्टाप होइन भन्ने संदेश दिने हो?’

उनले नेपाल विशेष सेवा सम्बन्धी विधेयकले नागरिकको व्यक्तिगत फोन ट्याब गर्न समेत पाउने गरी ल्याइएको विधेयक स्वीकार गर्न नसकिने बताए।

उनले प्रश्न गरे, ‘हिजो राजा ज्ञानेन्द्रले कू गरेर मोबाइल बन्द गर्दा बेठिक र आज जनताको फोन ट्याप गर्न पाउने विधेयक ल्याएर नया महाराजा बन्न खोज्ने कसरी ठिक हुन सक्छ?’

एक महिनादेखि अवरुद्ध भएकोमा पनि उनले आपत्ति जनाए। उनले भने, ‘सदनको कामकारवाही बन्द गर्ने अधिकार कसैलाई छैन। राष्ट्रिसभाको अर्को बैठक बस्दा सम्म प्रतिनिधिसभाको बैठक सुचारु नभए मैले सदनको कारवाही वरिष्कार गर्ने स्थिति नआओस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *