राष्ट्रिय सभामा शौचालय नभएको सांसदको गुनासो

डिसी नेपाल
५ माघ २०७६ १६:०७

काठमाडौं। संसद सचिवालयको व्यवस्थापनप्रति राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले असन्तुष्टि जनाएकी छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकको बिशेष समयमा बोल्दै उनले सामान्य व्यवस्थापनमा पनि सचिवालयले ध्यान दिन नसकेको गुनासो गरिन्।

पटक पटकको ध्यानाकर्षण गराउँदा पनि सिंहदरबारस्थित दिगो विकास समिति र विधायन समितिको सचिवालयमा महिला र पुरुषका लागि ट्वाइलेटको व्यवस्थापन हुन नसकेको गुनासो गरिन्। ट्वाइलेटको व्यवस्थापन गर्न अनुरोध गर्दे आफु महासचिव देखि ठेकेदारसम्म पुगेको फेयरिस्त सुनाइन्।

सचिवालयले समयमा बैठकबारे सांसदलाई जानकार नगराउँदा बैठकहरु प्रभावित हुने गरेको र सांसद अनुपस्थित भएका कारण कोरम नपुगेर बैठक प्रभावित भएको समाचार आउने र अन्तत त्यसको दोष सांसदमाथि नै थोपरिने गरेको गुनासो गरिन्।

उनले भनिन्, ‘आफूलाई दिएको जिम्मेवारी प्रभावकारी रुपले पुरा गर्दैन भने त्यो कर्मचारीलाई के गर्ने? फेरि जनतामा जान पर्दैन? फेरी लोकसेवा दिनुपर्दैन। लोकसेवा पास गरिसकेपछि स्थायी सरकार भएर बस्ने भन्दा आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई फाल्न सक्ने सक्ने व्यवस्था गर्नुपर्यो। कर्मचारीको कार्य प्रभावकारीताको अनुगमन गर्नुपर्यो। अनुगमनको पनि अनुगमन हुनुपर्यो।’

सचिवालयमा प्रशासन, सुचना सम्प्रेषण र व्यस्थापनमा समस्या देखिएको बताइन्।

स्थायी सरकारको रुपमा हेरिने कर्मचारीहरुले राम्रो संग काम नगर्दा सम्पुर्ण दोष जनप्रतिनिधिमा आउने गरेको भन्दै सचिवायलाई व्यवसायीक बनाउनुपर्नेमा जोड दिइन्। उनले कार्यदक्षता र प्रभावकारीता नभएका कर्मचारीलाई हटाउन सक्ने गरि कर्मचारी नियमावलि संसोधन गर्नुपर्ने आवश्यकता औल्याइन्।

उनले भने, ‘एकपटक लोकसेवा पास गरेपछि ढुक्क भएर बस्ने होइन। कार्यदक्षता र प्रभावकारीता भएन भने करारमा राख्ने र परिर्वतन गर्न पाइयोस्। बाहिर बजारमा भर्रखरै पास गरेको असाध्यै राम्रा युवा युवतीहरु छन्। जसले नेपालमा काम नपाएर बाहिर गइरहेका छन्। त्यस्ताहरुलाई ल्याउने व्यवस्था गरियोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *