प्रदेशस्तरीय क्षयरोग उपचार केन्द्रको उद्घाटन
धनगढी । कैलालीको गोदावरी नगरपालिका– ६ श्रीपुरमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ । बेल्जियमकी अधिराजकुमारी एस्ट्रीड र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सोमबार एक कार्यक्रमका बीच संयुक्तरुपमा अनुसन्धान केन्द्रको उद्घाटन गरेका थिए।
प्रदेशस्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका बिरामीलाई उपचारका लागि सहज हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालले बताए । उनले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले छ महिनादेखि एक वर्षभित्र सुदूरपश्चिमको स्वास्थ्य अवस्था सुधार्ने प्रतिबद्धता व्यक्त गरे । सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक भएको उनले बताए। अधिराजकुमारी नै मानार्थ रहेको ‘डेमिन फाउन्डेशन’ नामको एक गैरसरकारी संस्था र स्वास्थ निर्देशनालय तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा निर्माण गरिएको केन्द्रमा जटिल प्रकारका क्षयरोगीको उपचार गरिने जनाइएको छ ।
Facebook Comment