सभामुखको टुंगो लाग्यो, उपसभामुख अझै अन्योल

डिसी नेपाल
७ माघ २०७६ ८:१०

काठमाडौं। एक महिला लामो रस्साकस्सीबीच नेकपाले सभामुखको टुंगो लगाएसँगै अब सभामुखको निर्वाचन प्रक्रिया सुरु भएको छ। सोमबार उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनमा दिएसँगै सभामुख चयन प्रक्रिया सुरु भएको हो। सभामुखको टुंगो लागेसँगै उपसभामुख को बन्छ भन्ने चर्चा सुरु भएको छ।

सभामुख र उपसभामुख फरक दल र लिंगको हुनु पर्ने संवैधानिक व्यवस्था अनुसार अब उपसभामुख सत्तारुढ दल नेकपाले पाउँदैन। यस्तो अवस्थामा नेकपाले जसलाई उपसभामुखमा सघाउँछ त्यही दलबाट उपसभामुख बन्नेछन्।

सभामुखमा अग्नि सापकोटा पक्का भएसँगै अब उपसभामुख महिला हुनुपर्छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपसभामुखमा आफ्नो दाबी रहने जनाएको छ।  तर नेकपाले उपसभामुखमा कसलाई समर्थन गर्ने भन्ने विषयमा निर्णय गरिसकेको छैन।

समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै नेकपा र राजपाबीचको हिमचिम बाक्लिँदै गएको छ। कतिपयले राजपाबाट उपसभामुख बन्ने अनुमान गरेका छन्। यसअघि राष्ट्रिय जनमोर्चालाई दिने चर्चा चलेको थियो।

तर राष्ट्रिय जनमोर्चाले उपसभामुखमा आफ्नो दाबी नगरेको जनाएको छ। प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाबाट एक सांसद छन्। नेकपाको सहयोगमा चुनाव जितेकी दुर्गा पौडेल उपसभामुख हुँदा सहज हुने  नेकपालाई सहज हुने विश्लेषण छ।

यस्ताे  राजपाबाट उपसभामुख हुने संभावना रहन्छ। यसअघि नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ। यदि राजपाले उपसभामुख पाउने अवस्थाआए चन्दा चौधरी उपसभामुखकी उम्मेद्वार हुने अनुमान गरिन्छ।

नेकपा र राजपाबीच सत्ता समिकरणको चर्चासमेत चल्ने गरेको छ। समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा सरकारमा सहभागी हुने चर्चा चलेपनि आफूहरुको माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने राजपा नेताहरुले बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *