फोनमै व्यस्त रहन्थिन्, फेसबुकमा फलोअर बढिरहेका थिए, शंकालु श्रीमानले मारिदिए

डिसी नेपाल
७ माघ २०७६ १२:०५

काठमाडौं। पछिल्लो समय सामाजिक संजालको लत लागेर फोनमै व्यस्त रहनेहरु बढिरहेका छन् । यस्तो लतले कहिलेकाहीँ निकै ठूलो दुर्घटना निम्त्याउने गरेको पनि छ । यस्तै घटना भारतको राजस्थानको जयपुरमा भएको छ । यहाँ श्रीमती फोनमै व्यस्त रहने र उनको फेसबुकमा फलोअर बढिरहेको देखेपछि चरित्रमा शंका गर्दै श्रीमानले नै हत्या गरिदिएका छन् । आज तकको समाचार अनुसार श्रीमतीको फेसबुकमा ६ हजार भन्दा धेरै फलोअर भएका थिए र उनी फोनमै व्यस्त रहन थालेकी थिइन् । श्रीमतीको यो बानीले श्रीमानले उनको चरित्रमै शंका गरे र योजनाबद्ध तरिकाले हत्या गरिदिए ।

जयपुरमा केही दिनअघि महिलाको शव भेटिएको थियो । शवको पहिचान नखुलोस् भनेर टाउको किचेर क्षतविक्षत बनाइएको थियो । पुलिसका अनुसार मृतक जयसिंहपुरा निवासी रेशमा मंगलानी हुन् । उनको हत्या अरोपमा उनका पति अयाज अहमदलाई पक्राउ गरिएको छ । शवनजिकै महिलाको स्कुटी र हेल्मेट पनि भेटिएको थियो जसबाट महिलाको पहिचान खुलेको थियो । यी दुईको दुई वर्ष अघिमात्र बिहे भएको थियो । दुईका ३ महिनाका छोरा छन् ।

अनुसन्धानमा खुलेअनुसार अयाज अहमत पत्नीको चरित्रमा शंका गर्ने । बिहेपछि नै उनीहरुबीच विवाद सुरु भएको थियो र १ वर्षदेखि रेशमा छुट्टै बस्दै आएकी थिइन् । उनका पतिले विवादमा समझदारी गर्ने बहाना बनाएर हत्याकै उद्देश्यसहित उनलाई लिएर गएका थिए । पहिले दुवैले मदिरा पिए त्यसपछि अयाजले टाउको किचेर पत्नीको हत्या गरिदिए । रेशमा सामाजिक संजालमा फोटो र भिडियो शेयर गरिरहन्थिन् । जसबाट उनका फलोअर पनि निकै बढेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *