दामनको रिसोर्टमा बेहोस भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

डिसी नेपाल
७ माघ २०७६ १२:३८

काठमाडौँ । मकवानपुरस्थित दामनको एक रिसोर्टमा बेहोस भेटिएका ८ जना भारतीय पर्यटकाको उपचारका क्रममा मृत्यु भएको छ।

दामनको एभरेष्ट पानारोमा रिर्सोटमा बेहोस अवस्थामा भेटिएका ८ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँको ह्याम्स अस्पताल ल्याईएको भएपनि उनीहरुको उपचारका क्रममा ज्यान गएको अस्पताल स्रोतले जनाएको छ।

ज्यान जानेहरुमा दुई पुरुष, दुई महिला र ४ बालबालिका रहेको अस्पताल स्रोतले जनाएको छ । रिर्सोटमा कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ । अब पोष्टमार्टमको अन्तिम रिपोर्टपछि मात्र रिर्सोट खुल्ने प्रहरीले जनाएको छ ।

भारतको केरलाबाट १५ जनाको समूह नेपाल घुम्न आएका थिए । उनीहरु मध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *