दामनको रिसोर्टमा मृत भेटिएका ८ जना भारतीय पर्यटकको सनाखत

डिसी नेपाल
७ माघ २०७६ १४:१०

हेटाैंडा। मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ।

रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिए।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो। उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए। एउटै कोठामा आठ जना सुत्नुभएका ती पर्यटक आज बिहान बेहोस अवस्थामा फेला परेका थिए।

उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो। पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *