रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु
![रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु](https://www.dcnepal.com/wp-content/uploads/2020/01/pic_1579593006.jpg)
मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए । आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment