नेपाल–चीन सम्बन्ध नयाँ उचाईँमा : गृहमन्त्री थापा

डिसी नेपाल
७ माघ २०७६ २१:०७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाल र चीनको सम्बन्ध प्राकृतिक रुपमा मात्रै नभएर सांस्कृतिक र सामाजिक रुपमा पनि जोडिएको बताएका छन् । चिनियाँ नयाँ वर्ष वसन्तोत्सवको अवशरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

नेपाल—चीन सम्बन्ध प्राचिन कालदेखि अटुट रहेको बताउँदै थापाले अहिले सम्बन्ध सुदृढ हुँदै गएको बताए । गत असोजमा भएको चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा पुगेको उनले बताए । नेपालका तर्फबाट पनि समय समयमा उच्च पदस्थ व्यक्तिहरुको चीन भ्रमण हुने गरेको उल्लेख गर्दै थापाले नेपालको समृद्धिका लागि चीनले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गरे ।

चिनियाँ नयाँ वर्षको उपलक्षमा अरनिको समाजले आयोजना गरेको कार्यक्रममा चीनले सांस्कृतिक कार्यक्रम समेत गरेको छ । चीनले पछिल्लो समय आफ्ना विभिन्न पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *