एन्फा कास्कीका अध्यक्ष मिलनले दिए दीपक मनाङ्गेविरुद्ध उजुरी

डिसी नेपाल
८ माघ २०७६ १७:५८

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका छन्।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार गुरुङलाई झपड हानेका थिए।

अध्यक्ष गुरुङ्ले दीपकविरुद्ध अभद्र व्यवहारमा फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजरी दिएको डिसी नेपाललाई जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले जाहेरी आइसकेको तर दर्ता हुन बाँकी रहेको बताए।

अध्यक्ष गुरुङले खेलाडीको व्यवस्थापनको विषयमा दीपकले आफुमाथि हातपात गरेको बताए। उनले डिसी नेपालसँग फोनमा भने, ‘मनाङका खेलाडीलाई खेल शुरु हुनुभन्दा ४–५ दिन अगाडिबाट किन होटलमा नराखेको भन्दै उसले (दीपक) ममाथि हातपात गर्यो।’

अध्यक्ष गुरुङले खेल हुनुभन्दा अघिल्लो दिन र खेल सकिएपछि दोस्रोसम्म मात्र आयोजकले खेलाडीलाई होटलमा बस्ने र खाने व्यवस्था गरेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *