फ्रान्सका राष्ट्रपति इजरायल भ्रमणमा

डिसी नेपाल
८ माघ २०७६ २१:०९

काठमाडौं । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले बुधबार इजरायलको भ्रमण शुरु गरेका छन् ।

उनले भ्रमणको पहिलो दिनमै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता पनि गरेको जनाइएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार राष्ट्रपति म्याक्रोनलाई प्रधानमन्त्री नेतान्याहु र उनकी श्रीमतीले संयुक्त रुपमा स्वागत गरेका थिए।

उनहरुका बीचमा जेरुसेलमस्थित इजरायली प्रधानमन्त्रीको निवासमा भेटवार्ता भएको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा लेखिएको छ, ‘फ्रान्सेली राष्ट्रपति म्याक्रोन र प्रधानमन्त्री नेतान्याहुले खानासहितको भेटवार्ता गरेका हुन् ।’

उनीहरुले इरान र प्यालेस्टायनसँग सम्बन्धित विषयमा कुराकानी गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

म्याक्रोनले इजरायली विपक्षी दलका नेता बेन्नी गान्टज, प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बासलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोन इजरायलको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार राति अवतरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *