इन्डोनेसियामा डु्ङ्गा दुर्घटना, १० जना वेपत्ता

डिसी नेपाल
९ माघ २०७६ १३:२१

एजेन्सी । इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा दुर्घटना हुदा कम्तीमा दश जना यात्रु वेपत्ता भएका उद्धारकर्ताले बिहीबार जनाएका छन्।

इन्डोनेसियाली कामदारहरु बोकेर मलेसियातर्फ जान लागेको सो डुङ्गा बुधवार साँझ रुपाट टापू नजिक डुबेको प्रान्तीय खोजी तथा उद्धार कार्यालयका प्रमुख इशक ताहिरले बताउनु भएको छ।

स्थानीय नाविकहरुले उद्धार गरेपछि १० जना कामदार दुर्घटनाबाट बचेका पनि ताहिरले बताए ।

हराएका यात्रुहरुको खोजी र उद्धार भइरहेको बताइएको छ । यस उद्धारकार्यमा सुरक्षाकर्मी र उद्धार कार्यालयका कर्मचारीहरु लागेका छन्।

त्यसैगरी मलेसियाबाट पनि उद्धारकर्मीहरुको सहभागीता रहेको जनाइएको छ ।

उक्त उद्धार तथा खोजी अभियान रुपाउ टापूको उत्तरी र पूर्वी भागमा पर्ने इलाकामा पनि भएको ताहिरले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ।

मलेसियाका उद्धारकर्ताहरुलाई रुपाउ द्वीपको सिमानामा र मलेसियातर्फको जलक्षेत्रमा पनि खोजी गरी सहयोग गर्न आग्रह गरेको बताइएको छ।

खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ। इन्डोनेसियाको विशाल द्वीपहरुमा आवतजावतको लागि यातायातको प्रमुख साधन डुङ्गा नै भएको तर सुरक्षा मापदण्डको अभावमा बारम्बार समुद्रमा दुर्घटना हुने गरेको पाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *