२२ वर्षकी आमाले ३ सन्तानलाई काखमा राखेर दुध खुवाउँदै, गीत गाउँदै, खेलाउँदै मारिन्

डिसी नेपाल
९ माघ २०७६ १४:३२

काठमाडौं। आमालाई भगवानको रुप मानिन्छ तर हालै यस्तो घटना सार्वजनिक भएको छ जसमा एक आमाले आफ्ना ३ सन्तानलाई तड्पाएरै मारेकी छिन् । बच्चाहरु छट्पटाउँदै मृत्युको मुखमा पुगे तर आमाको मन पग्लिएन । घटना अमेरिकाको एरिजोना राज्यको भएको त्यहाँको मिडिया एजेड सेन्ट्रलले लेखेको छ । महिलाले पुलिसको अगाडि आफ्नो अपराध स्वीकार गर्दै तीनै जना बच्चालाई तड्पाइ–तड्पाइ मारेको बताएकी छिन् ।

रिपोर्टका अनुसार महिलाको नाम रचेल हेनरी हो र उनी २२ वर्षकी छिन् । उनी लागूऔषधको दुर्व्यसनी भएको बताइएको छ । उनले पुलिसलाई आफैं सबै कहानी बताएकी हुन् । उनले एक–एक गरी तीन जना बच्चालाई पालैपालो मारेकी थिइन् । उनले तीनैजना बच्चालाई घाँटी र नाक थिचेर मारेको बताएकी छिन् । बच्चाहरुमध्ये ३ वर्षका छोरा, २ वर्षकी छोरी र ६ महिनाकी छोरी भएको रिपोर्टमा उल्लेख छ । उनले ६ महिनाकी छोरीलाई समेत पहिले काखमा राखेर दूध खुवाएको त्यसपछि गीत गाउँदै खेलाउँदै घाँटी थिचेर मारेको बताएकी छिन् ।

रचेलका अनुसार उनले हत्यापछि सबै शवलाई लिभिङ रुमको सोफामा सुताएकी थिइन् । उनले घरका अन्य सदस्यलाई बच्चाहरु सुतेको बताएकी थिइन् । तर, बच्चाहरुको शरीरमा कुनै हलचल नदेखेपछि घरका अन्य सदस्यले इमरजेन्सी नम्बरमा फोन गरेका थिए त्यसपछि पुलिस पुगेको थियो । घरका एक सदस्यका अनुसार उनी ड्रग्सको लतमा डुबिसकेकी थिइन् र विगत केही दिनदेखि अनौठो क्रियाकलाप गरिरहेकी थिइन् । उनले बच्चाहरुको हत्याको पछाडिको उद्देश्य भने बताएकी छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *