महासचिव गुटेर्रेसद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना
![महासचिव गुटेर्रेसद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना](https://www.dcnepal.com/wp-content/uploads/2019/11/510017-antonio-guterres-afp-825x510.jpg)
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिनियाँ नववर्षको शुभकामना दिएका छन्। उनले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्र संघलाई सहयोग पु¥याएकोमा धन्यवादसमेत दिएका छन् ।
एक भिडियो सन्देशमा गुटर्रेसले आफ्नो बधाई सन्देशको शुरुवातमा चिनियाँ भाषामा ‘चुन जी कुई ले’ (नयाँ वर्षको शुभकामना) भनेका छन्।
सन् २०२० मा संयुक्त राष्ट्रको स्थापनाको ७५ औं वार्षिकोत्सव र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूको लागि एक दशकको कार्ययोजनाका रूपमा मनाउन उनले जोड दिएका छन् ।
‘अहिलेको विश्व विभाजनको यस समयमा हामीले विश्वव्यापी चुनौतिहरुको समाधान खोज्न र सबैका लागि राम्रो भविष्य निर्माण गर्न सँगै मिलेर काम गर्नुपर्दछ,’ गुटर्रेसले आग्रह गरेका छन् ।
उनले चीन र चिनियाँ जनतालाई संयुक्त राष्ट्रसंघ र बहुपक्षीय समर्थनको लागि धन्यवाद दिनु भएको र चिनियाँ समुदायलाई राम्रो स्वास्थ्य, खुशी र सफलताको कामना पनि गरेका छन् ।
चिनियाँ नयाँ वर्ष यस वर्षको २५ जनवरीमा पर्दछ । नयाँ वर्ष चिनियाँ नागरिकको सबैभन्दा महत्वपूर्ण चाडको रुपमा रहेको छ ।
Facebook Comment