यु१९ विश्वकपः वेस्टइण्डिजको तेस्रो जित, नाईजेरिया सहजै पराजित

काठमाडौं। यु१९ विश्वकप क्रिकेटमा वेस्टइण्डिजले लगातार तेस्रो जित निकालेको छ । वेस्टइण्डिजले नाइजेरियालाई २४६ रनले पराजित गरेको हो ।
वेस्टइण्डिजले दिएको ३०४ रनको विशाल लक्ष्य पछ्याएको नाइजेरिया २१.४ ओभरमा ५७ रन बनाउँदा अल आउट भएको थियो । नाइजेरियाका अब्दुल्लारमन जिमोले सर्वाधिक १७ रन बनाउँदा कप्तान सेल्भेस्टर ओक्पेले १० रन जोडेका थिए । ५ जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् भने अरुको प्रदर्शन पनि सम्झन लायक थिएन ।
वेस्ट इण्डिजका जेदेन सिल्सले सर्वाधिक ४ विकेट हात पार्दा अहमद नेदले तीन विकेट हात पारे ।
पहिला ब्याटिङ गरेको वेस्टइण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०३ रन बनाएको थियो । वेस्टइण्डिजका २ जना ब्याट्सम्यानले अर्धशतकीय पारि खेले भने अरुले पनि राम्रो प्रदर्शन गरेका थिए । म्याथ्यु प्याट्रिकले ६८ तथा किमानी मेलियुसले ६५ रन बनाएका थिए । जोससले ४३ रन बनाए ।
नाइजेरियाका पिटर एवो, अब्दुल्लाहमान र सेल्भेस्टर ओक्पेले २–२ विकेट लिए। जीतसँगै वेस्टइण्डिज समूह ‘बी’मा ६ अंकका साथ शीर्ष स्थानमा छ ।
Facebook Comment